नेपाल महिला संघ चंखेलीको अध्यक्षमा मायादेवी शाही चयन

सि.टा. समाचारदाता
सिमकोट । नेपाल महिला संघ चंखेली गाउँपालिकाको अध्यक्षमा मायदेवी शाही चयन भएकी छन् । बिहीबार सम्पन्न भएको उक्त गाउँपालिकाको अधिबेशनबाट शााही सर्वसम्मत चयन भएकी हुन ।

गाउपालिका अधिबेशनले महिला संघ चंखेलीको अध्यक्षमा शाहीलाई सर्वसम्मत चयन गरेको महिल संघ हुम्लाकी अध्यक्ष शुशिला शाहले बताईन । संघको उपाध्यक्षमा तारा बुढाथोकी र रत्न कौरा हमाल चयन भएकी छन् ।

त्यसैगरि सचिवमा वन्दना ऐडी रदेवकी परियार, सहसचिवमा शुशिला बोहरा र कोषाध्यक्षमा विजौरा तामाङ चय भएकी छन । अधिबेशनले २५ सदस्यीय कार्य समितिमा १८ जना सदस्य चयन भएकी छन । समेत चयन गरेको छ ।

अध्यक्षमा चयन भएपछि शााहीले महिला संघ चंखेलीलाई सशक्त बनाउने बताईन । यसअघि संघको अधिबेशनको उद्घाटन सत्रमा नेपाली काँग्रेसकी कोषाध्यक्ष बबिता शाही, काँग्रेस क नम्बर क्षेत्रका सभापति मानदेव शाही, पुर्व सहसचिव रिता लामा लगाएत आफ्नो मन्तव्य दिएका थिए ।