सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको कालीकोट जिल्लाको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको कच्ची सडकको स्तरोन्नती गर्ने कार्य धमाधम भई रहेको छ । बजेट ब्यवस्था भई टेण्डर भएर निर्माण कम्पनी छनौट भएर सम्झौता भएपछि हाल निर्माण कार्यले गति लिएको हो ।
कर्णाली करिडोर योजना बाजुरा कार्यालयका प्रमुख बिसुनदास लामाले खुलालु सलीसल्ला सडकको १२३ किलो मिटर सडकको स्तरोन्नती गर्ने कार्यले तिब्रता पाएको बताए । सडक बिभागले बजेटको ब्यवस्था गरि सकेपछि निर्माण कार्य अगाडी बढाउन टेण्डर आव्हान भएको र त्यसपछि निर्माण कम्पनी छनौट हुँदा सम्झौतापछि निर्माण कार्यले गति लिएको होे ।
यसबाट कार्यालयले सडकको स्तरोन्न्ती गर्ने र पहिरो नियन्त्रण कार्य गरि रहेको छ । सडकलाई दश मिटर चौढा निर्माण गर्ने, माटो कटिङ गर्ने, ग्याविन लगाउने र भर्ने, नाला निर्माण गर्ने कार्य भई रहेको छ । यो काम स्काभेटर र कामदारबाट भई रहेको छ । उक्त कार्यालयले खुलालु सलीसल्ला सडकको निर्माण तथा मर्मत संम्भारको जिम्मेवारी पाए अनुसार काम भई रहेको छ ।
उक्त ठेक्का अन्र्तगत दुई वटा ठेक्का ब्यवस्थापन भएको छ । पहिलो खण्ड पिली चौरदेखि कवाडीसम्म २३ किलो मिटर रहेको र यसका लगि एक अर्व बजेटमा सम्mभौता भई कार्य भई रहेकोले यसको हालसम्म आठ प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो । दोस्रो खण्ड कवाडीदेखि तुम्चसम्म २७ किलो मिटर सडकको पनि एक अर्बमा सिंह व्रदर्स कन्तेक जेभीसंग सम्झौता भई मोविलईजेशनको क्रममा रहेको उनले बताए ।
हाल बाजुरा र कालीकोटको खुलालु क्षेत्रको सडकको स्तरोन्नती कार्य भई रहेको र चाँडै बाजुरा र हुम्ला जिल्लााको तुम्चसम्मको सडकको पनि स्तरोन्नती गर्ने कार्य सुरु हुने छ ।२०५६ सालमा शिलान्यास भएको कर्णाली करिडोरको खुलालु लैफु हुँदै हुम्लाको सलीसल्ला सडकको नेपाली सेनााले २०७८ सालमा ट्रयाक खुलााउने कार्य सम्पन्न गरेर सडक बिभागलाई हस्तान्तरण गरेको थियो ।
त्यसयता उक्त खण्डको सडकको स्तरोन्नती हुनु पर्ने माग चालक तथा यात्रुहरुको रहेको थियो । यो सडकको निर्माणा कार्य पुरा भएपनि हुम्लाबाट कर्णाली प्रदेशको राजधाानी सुर्खेत एक्कै दिन यातायातका साधन पुग्ने छन । हाल हुम्लाबाट सुर्खेत दुई दिन लाग्ने गर्छ ।
रााष्ट्रिय गौरभको अयाोजना कर्णाली करिडोर नेपाल भारतको दक्षिणी सिमा क्षेत्र बाँँके जिल्लाको जमूनादेखि नेपालको उत्तरी क्षेत्र हुम्लाको जिल्लाको हिल्सा जोड्ने कुल लम्बाई ६८२ किलो मिटर रहेको छ । उक्त सडकको ट्रयाक खुलाउने कार्य भने पुरा भई सकेको छ ।
अब हुम्ला खण्डको सलीसल्लादेखि हिल्सासम्मको १४० किलो मिटर सडकको स्तरोन्नती गर्ने कार्यका लागि बजेटको सुनिश्चितता यसै आर्थिक वर्षमा भएर बहुवर्षीय ठेक्का समेत लाग्ने भएको छ ।























