ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

सि.टा  समाचारदाता
हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका वडा नम्बर २ स्थीत ठुला खोला भन्ने ठाउँमा भे २ त २०५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षिया नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी शंकर खड्काले बताउनु भयो ।

उहाँका अनुसार बिहिबार साँझ साढे ५ बजेको समयमा गल्फागाड श्रीनगर सडक खण्डको लागि ढुंगा ओसार्नेक्रममा उत्तः सडक खण्डको विच भागमा पर्ने ठुलाखोलामा ट्याक्टर दुर्घटनामा परि सडकबाट करिब १ सय मिटर तल खसेको बताउनु भयो । घटनाको वास्तविक कारण भने अनुसन्धान नगरी भन्न नसकिने बताउनु भयो ।

चालकको घटना स्थलमै मृत्यु भैसकेको र ट्याक्टर टुक्रा ट्क्रा परेकाले श्रीनगर प्रहरी चौकीले अहिले सुरक्षा दिई रहेको बताउँदै भोली जिल्लाबाट अनुसन्धान टोली गएपछि मात्र घटनाको बास्तवीक कारण पत्ता लाग्ने बताउनु भयो ।

विस्व बैंकको आर्थिक सहयोगमा कर्णाली करिडोरको गल्फागाड देखी श्रीनगर सम्म करिब ९ किलोमिटर सडक कालोपत्रे गर्ने काम भैरहेको छ । उक्त सडक निर्माणको लागि ढुंगा ओसारीरहेको ट्यांकटर दुर्घटनामा परेको हो ।