चार महिनामा १३० जना मतदाता थपिए

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला निर्वाचन कार्यालयमा चार महिनामा नयाँ मतदाता१३० जना थपिएका छन । कार्यालय नाम दर्ताका लागि सार्वजनिक सुचना गराउने र सामाजिक सञ्जालमा समेत यसको प्रचारप्रसार गराउदा समेत लक्ष्य अनुसार नयाँ मतदाताहरु नाम दर्ता गराउन नआएको पाईएको हो ।

गत शुक्रबारसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउने संख्या १३० जना मात्र रहेको जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताए । यसमा ६२ जना महिला र ६८ जना पुरुषले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका छन ।

कार्यालयले निक्कै प्रचारप्रसार गर्दा पनि लक्ष्य अनुसार नयाँ मतदाताहरुले नामावली दर्ता नगराएको कार्यालयले जनाएको छ । चार महिनामा कार्यालयमा नयाँ दर्ता गरिएका मतदाता नामावली निक्कै कम भएको ठहर निर्वाचन कार्यालयको रहेको छ ।

गत चैत २३ गतेबाट कार्यालयले नयाँ मतदाता नामावली दर्ता कार्य सुरु गरेको थियो ।, अव भदौ १५ गतेसम्म मतदाता नामावली संकलन गर्न सकिने छ ।