भेरा वनमा खसेको पहिरो परि एक जना घाईते र ३५ भेडा पुरिए

सि.टा. समाचारदाचा
सिमकोट । अदानचुली गाउँपालिका–५ स्थित भेरा वनमा आईतबार दिउसो पहिरो जाँदा भेडाबाख्रा चराइरहेको अवस्थामा स्थानीय जीत बहादुर शाही (टेकबहादुर) पहिरोमा परी घाईते भएका छन् ।

घाईते शाहीको टाउको, हात लगायत शरीरका विभिन्न भागमा चोट लागी घाइते भएका हुन ।
घाइते शाहीलाई स्थानीयवासीको सहयोगमा घटनास्थलबाट उद्धार गरी कर्गैई गाउँसम्म बोकेर ल्याईएको वडा अध्यक्ष कमल छत्यालले जानकारी दिए ।

गाउँमा प्राथमिक उपचार गरि थप उपचारका लागि गाउँपालिका केन्द्य्र श्रीनगर हुँदै बाजुराको कोल्टी अस्पतालमा लैजाने तयारी भई रहेको छ । सो पहिरोमा परि बीरबल रोकायाका २५ वटा तथा घाइते शाहीका १० वटा गरि ३५ भेडाबाख्रा पुरिएको जानकारी आएको उनले बताए ।

घटनास्थलमा थप क्षेती तथा पुरिएका भेडाबाख्राको संख्या यकिन हुन बाँकी रहेको छ । घटनाको थप खोज, उद्धार तथा क्षेतीतको विवरण संकलनका लागि प्रहरी चौकीबाट समेत टोली घटनास्थलतर्फ गएको छ ।