लैङ्गिक हिंसा र सामाजिक सदभाव सम्वन्धि महिलालाई अभिमुखीकरण

सि.टा. समाचारदाता
सिमकोट । महिलाहरुका लागि लैङिगक हिंसा र सामाजिक सदभाव कायम गर्नका लागि एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । महिलाह र पुरुषरुलाई जनचेतना जागृत गरेर समाजमा देखिएको यस सम्वन्धि समस्या र विभेद कम गर्नका लागि सहभागीलाई यस सम्वन्धि जानकारी दिने गरिएको हो ।

समाजमा लैङ्गिक हिंसा, जातीय विभेद न्यूनिकरण गर्ने र समाजमा जातीय संवेदनशीलता र सामाजिक सद्भाव अभिवृद्धि गराउनका लागि बीस जन सहभागीहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको सो कार्यक्रमको सहजिकरण गरि रहेका छतुप लामाले वातए । महिला अधिकार सम्बन्धि कानुनी व्यवस्थाका बारेमा पनि जानकारी दिने गरिएको छ ।

यसबाट महिलामा लैङिगक हिंसा, जातिय सम्वेदनशीलता तथा सामाजिक सदभाव कायम हुने बिस्वास गरिएको छ । यो कार्यक्रम राष्ट्रिय आदीवासी जनजाति महिला मञ्चसंगको सहकार्यमा सञ्चालन भई रहेको हाम्रो साहास कार्यक्रमद्धारा सञ्चालित हो ।

कार्यक्रम वरगाउँ महिला समुहका सदस्य निमा लामाको अध्यक्षमा भएको थियो । सो कर्याक्रममा सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया, बौद्ध धर्मगुरु लोप्साङ लामाको उपस्थिती रहेको थियो ।

यसका लागि दश जना महिला र दश जना पुरुष गरि वीस जना सहभागीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण छतुप लामाले गरेका थिए । यसका लागि युएन ओमन, युके इन्टरनेस्नल बिकासको आथिृक सहयोग रहेको थियो ।