सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाकी स्थानीय बासिन्दा बिष्णुदेवी शाहीले हुम्लाको चर्चित पौराणिक चुटकिलालाई वजारमा ल्याएकी छन ।
पुस्तौ अगाडीदेखि शुभ कार्यमा गाउदै आएको उक्त देउडा लयको चुटकिला आधुनिक प्रबिधिको प्रयोगले म्यूजिक भिडियोको रुपमा बजारमा ल्याउनु भएको हो ।
चुटकिलाको सुरुमा “ काटिया पहुँलो चुटिकी लालै चुटुकी, भोलिका बिहान गैजान्छु लालै गैजान्छु” ठाडी भाकामा देउडा गीतको लयमा गाउने गरिएको छ ।
यसमा एउटा चेली चाडपर्वको बेला माईती घरमा आएको र अब आफ्नो घर फिर्ता जाने बेलाको पिडा चुटकिला मार्फत ब्यक्त गरिएको छ । जसमा बाजृे, बजै, बावु, आमा, दाई भाईजु, भाई बहुरानी, बहिनी, मामा माईजु, काका काकी लगाउतका घरका साईनो पर्ने सवै सम्झिएको छ ।
यो चुटकिला साविकको कर्णाली क्षेत्रमा निक्कै गाउने पनि गरिन्छ । तर शाहीले यसलाई आफु सहित स्थानीय देउडा गायकको स्वरमा म्यजिक भिडियो निर्माण गरेर पस्कने प्रयास गरेकी छन । शब्दहरु भने पौराणिक कालदेखि कै हुन ।
जसमा चुटकिला गायिकाहरुले स्थानीय भेषभूषमा सजिने कार्य गरेकी छन । देउडा गायिका समेत रहेकी शाहीले पौराणिक कालवाटै गाउदै आएको यो चुटकिलाको संरक्षण र पछिसम्म टिकाई राख्नका लागि आफ्नै लगानीबाट तयार पारेकी हुन ।
शाहीको स्वरमा हुम्ला जिल्लाकी अर्कीदेउडा गायिका दिपा भण्डारीले साथ दिएकी छन । हिजो आज हुम्ला जिल्लाका गाउँगाउँको यो चुटकिला बज्दै आएको छ । अन्य गीत गाउनेमा नन्दा शाही, कोपिला शाही लगाएतका चार जना स्थानीय देउडा गायिका रहेकी छन् । देउडा गायिका शाहीले अन्य यस्ता म्यूजिक भिडियो सार्वजनिक गरि सकेकी छन ।
त्यसमा झम्मै झम झम, मोतिउ, जोल ठिन्क्या कम्मर कस, अल्लविरसरपना मनका जसो गरपन वजारमा आई सकेका छन् । अव निकट भविष्यमा अन्य गीतहरु ल्याउने तयारीमा शाही रहेकी छन । यसका लागि लगानी पनि शाही कै रहेको छ । प्रतिभा पहिचान तथा सहयोग अभियानलका संयोजक बिरेन्द्र शाहीले यसका लागि सहयोग समन्वय गर्दै आएको छ ।
























