भदौ महिनामा तीन साता तीन दिन लगाता विदा

सि.टा. समाचारदाता
सिमकोट । आगामी भदौ महिनामा विभिन्न चाडपर्व र साप्ताहिक बिदाका कारण तीन सातासम्म तीन दिन लगातार सरकारी बिदा पर्ने भएको छ। नेपाल सरकारको क्यालेन्डरअनुसार भदौ १२ गते शुक्रबार जनै पूर्णिमाको सार्वजनिक बिदा छ।

त्यसपछि भदौ १३ र १४ गते क्रमशः शनिबार र आइतबार साप्ताहिक बिदा हुनेछ। त्यस्तै, भदौ १९ गते शुक्रबार कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा परेको छ। त्यसपछिका भदौ २० र २१ गते शनिबार र आइतबार साप्ताहिक बिदा रहनेछ।
भदौको अन्तिम सातामा पनि लगातार तीन दिन बिदा परेको छ। भदौ २७ र २८ गते शनिबार र आइतबार साप्ताहिक बिदा तथा भदौ २९ गते सोमबार हरितालिका तीजको सार्वजनिक बिदा रहेको छ।

३१ दिनको भदौ महिनाको पहिलो साता बाहेक बाँकी तीन सातामा मात्रै नौ दिन सरकारी बिदा परेको छ। चाडपर्व र साप्ताहिक बिदा लगातार परेकाले ती अवधिमा सरकारी कार्यालयमा नियमित सेवा प्रभावित हुने देखिएको छ।