प्रभावकारी सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयमा कर्मचारीविच कार्यसम्पादन सम्झौता सम्पन्न

फोटो क्याप्सन कार्य सम्पादनमा सम्झौता पछि जिल्ला प्रशासन कार्यालयमा प्रजिअ गुरागाई लगाएतका कर्मचारीहरु ।

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाही लगाएतका कर्मचारीविच एक वर्षका लागि कार्य सम्पादनमा स्म्झौता गर्ने कार्य भएको छ । कार्यालयवाट प्रदान गरिने सेवालाई प्रभावकारी रुपमा प्रदान गर्नका लागि सो कार्यसम्पादनमा सम्झौता गरिएको हो ।

सेवागहीहरुलाई नियमित रुपमा प्रदान गर्नु पर्ने सेवाहरु प्रभावकारी रुपमा प्रवाह गर्नका लागि प्रमुख जिल्ला अधिकारी गुरागाई र सहायक प्रजिअ शाही लगाएत सवै शाखा प्रमुखविच कार्यसम्पादन सम्झौता सम्पनन भएको सहायक प्रजिअ शाहीले बताए ।

कार्य सम्पादनमा शाखाले प्रदान गर्ने सेवा र सर्तका बारेमा उल्लेख गरिने छ । यसले गर्दा सेवाग्राहीलाई प्रदान गर्ने सेवाप्रति शाखा प्रमुख लगाएत अन्य कर्मचारीले जिम्मेवारी बोध गर्न सहज हुने बिस्वास गरिएको छ ।

कार्य सम्पादनमा शाखाले प्रदान गरिने कार्य र जिम्मेवारीका बारेमा उल्लेख गरिएको छ । यसले अव विगतमा कार्यालय प्रमुखले माताहतका कर्मचारीलाई यो र उ गर्न लगाउने परम्पराको अन्त्य हुने छ ।

कार्य सम्पादनमा सम्झौताले मुख्यगरि सेवाग्राहीलाई सहज, छिटो, छरिटो सेवा प्रदान गर्न मद्धत पुग्ने बिस्वास जिल्ला प्रशासन कार्यालयले गरेको छ । यसवाट प्रमुख जिल्ला अधिकारीदेखि कार्यालय सहयोगीसम्मले आफ्नो काम, कतव्य र अधिकारका वारेमा पनि स्पष्ट हुन सहयोग गर्नेछ ।