
सि. टा . समाचारदादा
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–२ को सल्ली खोलामा अस्थायी सम्युक्त सुरक्षा पोष्ट स्थापना गरिएको छ । लाप्चा क्षेत्रमा लागेको ब्यापार मेलाबाट गैर कानूुनी रुपमा चिनीयाँ मदिारा लगाएतका सामाग्री भित्रिएको आशंकामा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तत्कालका लागि सो अस्थायी सुरक्षा पोष्ट स्थापना गरिएको हो ।
लिमी लाप्चाको प्रवेशद्धारका रुपमा रहेकोको सल्ली खोलामा पक्की पुल भएको स्थानमा अस्थायी सम्युक्त सुरक्षा पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक नन्दबहादुर साउदले बताए । सो पोष्टमा बासीस जना सुरक्षाकर्मी खटिएका छन् ।
त्यसमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको जनशक्ति खटाईएको छ । केही दिन अगाडी नेपाल र चीनको सीमाना लाप्चामा दुई देशका ब्यापारीविच ब्यापार मेला आयोजान गरिएको थियो । सो ब्यापार मेलाबाट अबैध चिनीयाँ मदिरा भित्रिएको हुन सक्ने र त्यसलाई नियन्त्रण गर्नका लागि सो पोष्ट स्थापना गरिएको उहाँले बताउनुभयो ।
ब्यापार मेला मार्फत चीनबाट आयात भएका अन्य सामानहरु भने नेपाल भित्रि सकेका छन् । त्यसबाट यारी नाका भन्सार कार्यालयले छ लाख चौवीस हजार रुपियाँ राजस्व समेत असुली गरि सकेको छ ।
ब्यापार मेलाका लागि गएका केही नेपाली ट्रकहरु हालसम्म फिर्ता नभएको जानकारी सुरक्षा निकायलाई आएको र त्यसमा चिनीयाँ अवैध मदिार आउने संभावना रहेको कारण त्यसको रोकथामका लागि अग्रीम रुपमा सम्युक्त अस्थायी सुरक्षा चौकी स्थापना गरिएको हो ।



















