राहादानी घरघरमा बिबरण गर्न जिल्ला प्रशासन र हुलाक कार्यालयबिच सम्झौता

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच एउटा सम्झौता पत्रमा हस्ताक्षगर्ने कार्य सम्पन्न भएको छ । जिल्ला भित्रका सेवाग्राहीको घरघरमा राहदानी सेवा हुलाक मार्फत बितरण गर्नका लागि दुई कार्यालयबिच उक्त समझौता भएको हो ।

जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबिच भदौ १ गतेपछि तयार भएका राहादानी सेवाग्राहीको घरघर मै बितरण गर्ने कार्य गर्नका लागि सम्झौता भएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताए ।

दुई कार्यालयविच यो सम्झौता गत शुक्रबार भएको र कार्यान्वयन भने भदौ १ गतेबाट हुनेछ । हुम्ला जस्ता बिकटका जिल्लामा यो कार्य गर्नु अति आवश्यक रहेको सन्दर्भमा दुई कार्यालयबिच भएको सम्झौताले हुम्लावासीलाई राहत पुग्ने बिस्वास गरिएको छ ।

यसका लागि जिल्ला प्रशासन कार्यालयबाट राहादानीको लागि आवेदन गर्ने सेवाग्राहीले आफ्नो राहादानी हुलाक सेवा मार्फत घरमै लिने वा जिल्ला प्रशासन कायाृलयमा आएर लिने भन्ने कुराको रोजाई सेवाग्राहीको इच्छामा भर पर्ने बिकल्प दिईएको छ ।

उक्त बिकल्प सेवाग्राहीले राहादानी लिनका लागि आवेदन गर्दा कै बखत उक्त बिषय स्पष्ट रुपमा कर्मचारी समक्ष खुलाउनु पर्नेछ । सेवाग्राहीले घरबाटै राहादानी लिन चाहेमा एक जना सेवाग्राहीले पचपन्न रुपियाँ शुल्क तिर्नु पर्नेछ ।

पहिलो पटकलाई जिल्ला भित्र कै सेवाग्राहीलाई यो सेवा दिन सुरु गर्न लागिएको भएपनि भविष्यमा देशका अन्य भागमा बस्दै आएका हुम्ला जिल्लाका नागरिकका लागि यो सेवा दिने ब्यवस्थाका लागि राहादानी विभागसंग कुरा भई रहेको छ ।

यो सम्झातौताका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबिर शाही र हुलाक कार्यालयका प्रमुख अकल बमबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

दुई पक्षीय सम्झौता भएपछि हुलाक कार्यालयका प्रमुख अकल बमले आफ्ना संरचना सवै गाउँपालिका र वडा स्तरमा कृयाशिल रहेकोले काम गर्न कुनै कठिनाई नहुने बताए । सात वटा गाउँपालिका स्तरमा संरचना रहेको र जिल्लाका चौवालीस वटा वडामा अतिरिक्त हुलाकले काम गरि रहेको उहाँको भनाई छ ।

कार्यालय मै आएर राहदानी लिनका लागि दुरदराजका सेवाग्राहीले आर्थिक रुपमा समेत ब्ययभार गर्नु परि रहेको छ भने सयम पनि लाग्ने गर्छ ।