लिमीटेडले छुटमा पहिलो छ लाख ८८ हजार मुल्यको खाद्यन्न बिक्री

सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले शाखा कार्यालयको गोदामबाट पहिलो दिन छुटमा छ लाख ८८ हजारको खाद्यान्न बिक्री गरेको छ । लिमीटेडका प्रधान कार्यालयको परिपत्र अनुसार साँतो बार्षिक उत्सव तथा चाडपर्व लक्षित गरि सर्वसाधारणका लागि छुटमा खाद्यान्न बिक्री गरेको हो ।

लिमीटेडको शाखा कार्यालयबाट बिक्री सुरु गरिएका विभिन्न प्रकारका खाद्यान्न सहुलियत मुल्यमा पहिलो दिन छ लाख ८८ हजार ७५० रुपियाँ बराबरको खाद्यान्न बिक्री गरिएको लिमीटेड हुम्ला शाखाका प्रमुख कृष्णबहादुर थापामगरले बताए ।

पहिलो दिन सत्तरी क्वीन्टल चामल बिक्री भएको छ भने चिनी ३२२ केजी र सुर्यमुखीको तेल ३४५ लिटर बिक्री गरिएको छ । चामलमा साँढे चौसट्टी क्व्ीन्टल सामान्य र साँढे पाँच क्वीन्टल पौष्टिक तत्व मिसाईको चामल क्रिी गरिएको हो ।

सो खाद्यान्न लिमीटेडको साँतौ बार्षिक उत्सव तथा चाडपर्वलाई लक्ष्य गरि आज भदौ १ गतेबाट बिक्री सुरु गरिएको हो । लिमीटेडको गोदाममा हाल छ हजार भन्दा बढी क्वीन्टल खाद्यान्न मौज्दात रहेको छ ।

प्रमुख थापामगरले उपलव्ध गराएको बिबरण अनुसार सहुलियत मुल्यमा बिक्री हुने खाद्यान्नमा चामल, तेल र चिनी रहेको छ । सहुलियत मुल्यमा बिक्री गर्न लागिको चामलको मुल्य सवै प्रकारमा पाँच रुपियाँ छुट हुनेछ ।

चिनी प्रतिकेजी पाँच रुपियाँ छुट दिएर एक सय रुपियाँ बिक्री भएको छ भने सुर्यमुखी तेल प्रति लिटर तीन रुपियाँ पर्नेमा २९५ रुपियाँ बिक्री गरिएको छ । सहुलियतम मुल्यका बिक्री गर्न लागिको चामल पौष्टिक तत्व मिसाएको प्रति ब्यक्ति एक क्वीन्टल, अन्य खाद्यान्न आवश्यकताका आधारमा खरिद गर्न सकिनेछ ।

यो सहुलियत मुल्यको खाद्यान्न शाखा, सर्केगार्ड र श्रीनगर डिपोका सार्थै अन्य दश वटा बिक्री केन्द्रबाट बिक्री हुनेछ । यसअघि जिल्लाबाट सहुलियत कोटाको खाद्यान्न निर्धारण गर्ने गरिएकोमा यस वर्ष प्रदान कार्यालयले नै जिल्ला सवै शाखा, डिपो र बिक्री केन्द्रका लागि तेईस लाख वजेट विनियोजित गरेको र सो पुगुन्जेल वितरण गरिनेछ ।