सि.टा. समाचारदाता
हुम्ला । सदरमुकाम रहेको सिमकोट र खार्पुनाथ गाउँपालिकालाई बिधुत आपुर्ती गर्दै आएको हिल्दुम बिधुत बितरण केन्द्रले बिधुत आपुर्ती कार्य तीन दिन बन्द गर्ने भएको छ ।
हिल्दुम पावर हाउसबाट खार्पुनाथ गाउँपालिकाको लाली दुर्पासम्म गएको ११ लाईन के.भी. प्रशारण अन्र्तगतको खार्पुनाथ गाउँपालिका – ५ को चौगानचौरमा ११ के.भी. लाईनको मर्मत गर्नु पर्ने भएकोले बिधुत प्रशारण बन्द गरिएको हो ।
हिल्दुम बिधुत बितरण केन्द्राबाट आपुर्ती हुने खार्पुनाथ गाउँपालिका– ५ का सवै बस्तीहरुमा बिधुत आपुर्ती कार्य तीन दिन बन्द गरिएको केन्द्रले एक सुचना निकालेर जानकारी गराएको छ ।
चौगानचौरको ११ के.भी. प्रशारण लाईनमा समस्या आएको र त्यसलाई मर्मत गर्नु पर्ने भएकोले उक्त क्षेत्रमा बिधुत आपुर्ती कार्य बन्द गरिएको । बिधुत आपुर्ती कार्य भदौ ४ गते आजबाट ६ गतेसम्म हुनेछ । बिधुत आपुर्ती बन्द कार्य बिहान आठ बजेबाट बेलुका सात वजेसम्म हुनेछ । यसबाट ग्राहकमा पर्न गएको असुविधा प्रति केन्द्र क्षेम समेत मागेको छ ।
























