एन्फा महिला लिग फुटबल टोली एपीएफ विजयी

  • सि.टा.समाचारदाता

एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबलाई विभागीय टोली नेपाल एपीएफले हराएको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा एपीएफले सङ्कटाविरुद्ध ३-० को जित निकालेको हो। यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपीएफ शीर्षस्थानमा छ। प्रतियोगिता सङ्कटा समान छ खेलबाट पाँच अङ्कका साथ सातौँ स्थानमा छ।

एपीएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे। खेलको १३औँ मिनेटमा सुरुको गोलमार्फत एपीएफले अग्रता लिएको थियो। खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन्।

खेलको ६४औँ मिनेटमा सविताले गोल गर्दै एपीएफलाई सहज जित दिलाइन्। एन्फाको आयोजनामा जारी लिगमा १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ।