सि.टा समाचारदाता
सिमकोट । राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन संविधानको सफल कार्यान्वयन आवश्यक रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन । संविधान दिवको अवसरमा शुभकामना दिदै मुख्यमन्त्री कँडेलले सो कुरा बताएका हुन ।
आफ्नो शुभकामना सन्देशमा उनले नेपाली जनताको सात दशक भन्दा लामो सङ्घर्ष र बलिदानपछि जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न संविधान दिवसलाई हामीले राष्ट्रिय दिवसको रूपमा समेत मनाई रहेका उल्लेख गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई एवम् शुभकामना समेत उनले दिएका छन् । यस अवसरमा विभिन्न आन्दोलनको क्रममा जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दछु, साथै राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको अगुवाइ गर्ने अग्रजहरू प्रति सम्मान व्यक्त गर्दै सबै वर्ग, क्षेत्र र समुदायको योगदानको उच्च प्रशंसा उनले गरेका छन् ।
त्यसैगरि आफनो सन्देशमा संविधान कानूनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको उल्लेख गरेका छन् । यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको सम्बोधनका लागि यतिबेला सवै अधिकतम तदारुकता जरुरी उल्लेख गरेका छन् । संविधान निर्माणसँगै जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अव मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने अहिलेको प्रमुख कार्यभार भएको पनि उनले सन्देशमा उल्लेख गरेका छन् । यो कार्यभार पुरा गर्न प्रदेश सरकार क्रियाशील भनाई सन्देश उल्लेख गरिएको छ । प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान भएकोले मुलुकमा राजनीतिक स्थायित्व कायम गरि समृद्धि हासिल गर्न तीन तहका सरकारबीच समन्वय जरुरी रहेको पनि उल्लेख गरिएको छ । संविधानले सहकार्य, समन्वय र सहअस्तित्वलाई आत्मसात गरेको उल्लेख गर्दै मुख्यमन्त्री कक्डेलले संविधानको यो मूल मर्म अनुसार यो दिवसले संविधान प्रदत्त नागरिक अधिकारप्रति कर्तव्यनिष्ठ र थप जिम्मेवार बन्न तीनै तहका सरकारलाई अझ प्रेरणा मिल्ने नै छ भन्ने कुरामा आफु म पूर्ण विश्वस्त रहेको जनाएका छन् । संविधानको सफल कार्यान्वयन गरि राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबैमा हार्दिक आह्वान पनि गरेका छन् ।















