हवाई सेवा सुचारु

उडान भएपछि सिमकोट बिमानस्थलमा सीता र समिट एयरका जहाजहरु ।
तस्बिर : लोग भण्डारी

लोग भण्डारी समाचारदाता
सिमकोट । खराव मौसमको कारण बुधवारदेखि अबरुद्ध भएको हवाई सेवा सुचारु भएको छ । विहानैबाट सिमकोट प्रवेश गर्न मार्ग खराव हुदा दिउसो बाह्र बजेपछि मौसममा सुधार आएको कारण हवाई सेवा सुचारु भएको हो ।

सिमकोट बिमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार ढिलो गरि भएपनि अवरुद्ध रहेको हवाई सेवा सुचारु भएको छ । बिहान भरि मौसम खराव भएको कारण उडान भर्न नसकिएको भएपनि दिउसो बाह्र बजेपछि सधार आउदा उडान भर्न सफल भएको उनले बताए । बिहीबार सीता र समिट एयरका जहाजले एक एक उडान भरेका थिए । यसबाट ३२ जना यात्रुहरु जिल्लामा भित्रिएका छन् भने त्यति नै यात्रुहरु आफ्नो गन्तव्यतर्फ जान पाएका छन् ।