हुम्लामा पर्ने नेपाल र चीनको सिमाना किट क्षेत्रका घरहरु बने भग्नावशेस

नेपाल र चीनको सिमाना किटमा भग्नावेशमा परिणत भएको घरहरु ।
तस्बिर ः राजन रावत, हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सा क्षेत्रको किटमा यसअघि वस्दै आएका घरहरु हाल भग्नावशेस बनेका छन् । विगत तीस वर्षदेखि किटमा घरमा बस्दै आएका स्थानीयले ती घर छोडेपछि यतिबेला ती घरहरु भग्नावशेसमा परिणत भएका हुन ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले किट क्षेत्रमा रहेका घरहरु लिमीको तील गाउँका स्थानीयको रहेको बताए । उनले पहिले खेतीपाती गरेर उक्त गाउँका पाँच परिवार बस्दै आएको भएपनि पछि तीस वर्ष अघि ती घर छोडेर तीन परिवार काठमाडौंतर्फ लागेको र दुई परिवार गाउँ फर्केपछि किटका घरहरु भग्ना वशेस भएको बताए । ती घरपरिवार पहिले रमाएर वस्दै आएको बेला पानी र हिउदमा निक्कै दुःख हुन थालेपछि छोडेका हुन । किटमा भएका घरहरु सवै भत्किएका छन् भने खेती योग्य जमिन पनि बाँझो भएको उनले बताए । पुराना परम्परागत ती घरहरु ढुङ्गा र माटोबाट निर्माण गरिएका थिए । कुनै बेला तिनै घरमा चीनको ताक्लाकोटमा ब्यापार गर्न जाने हुम्लावासी बस्ने गरेका थिए । अव भने लिमीवासीको भत्किएका घर र जमिन भन्ने काम भन्दा अरु बाँकी रहेको छैन् ।