सि.टा. समाचरादाता
सिमकोट । नयाँ नेतृत्व चयनका लागि पटक पटक निर्वाचनको मिति तोकेर गर्न नसकेको नेपाल पत्रकार महासंघले आगामी असोज १९ गते जिल्ला तथा प्रदेश अध्यक्षहरुको राष्ट्रिय भेला गर्ने भएको छ । जिल्ला तथा प्रदेश अध्यक्षहरुसंगको भर्चुअल वैठकबाट आएको सुझावका आधारमा राष्ट्रिय भेला गर्न असोज १९ गते भक्तपुरको बोडेमा गर्न लागिएको हो ।
पत्रकार महासंघका महासचिव रोशन पुरीले जारी गरेको प्रेश बिज्ञप्तीमा असोज १९ गते जिल्ला तथा प्रदेश अध्यक्षहरुको राष्ट्रिय भेला भक्तपुर जिल्लाको बोडेमा बिहान नौ वजेबाट सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

भेलाका लागि शुक्रबार स्थान तोक्ने कार्य विज्ञप्ती निकालेर गरिएको छ । देशभरका जिल्ला तथा प्रदेश अध्यक्षहरुले असोज १८ गते बेलुका बोडेमा महासंघ भक्तपुर शाखाले ब्यवस्था गरेको आवासीय सुबिधामा वस्नु पर्नेछ । त्यसैगरि उपस्थित हुन नसकेका प्रदेश तथा जिल्ला अध्यक्षहरुका लागि भर्चुअल बैठकको ब्यवस्था पनि गरिएको छ । यसका लागि सहभागी हुन नसक्नेले महासंघ केन्द्रलाई समय मै खवर गर्नु पर्नेछ । बिधानमा भएको ब्यवस्था अनुसार राष्ट्रिय भेला गर्न लागिएको हो । भेलाले महासंघको निर्वाचन गर्ने बाटो समेत खुलाउनेछ ।



















