सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका हिमाली चार जिल्लाहरुको हवाई सेवा अवरुद्ध भएको छ । बिहीबार रातीदेखि अविरल वर्षाको कारण नेपालगंजवाट हुनु पर्ने कुनै पनि उडानहरु नसकेका हुन ।
सीता एयर नेपालगंजका बजार ब्यवस्थापक सन्दिप भण्डारीले बिहानै बाट कर्णालीका बिभिन्न जिल्लाहरुका उडान भर्ने तालिका रहेको भएपनि खराव मौसमको कारण कतै पनि उडान हुन नसकेको बताए ।

उनले डोल्पा, हुम्ला मुगु र जुम्ला उडान भर्ने कार्यक्रम रहेको भएपनि खराव मौसमको कारण दिनभर एक उडान पनि हुन नपाएको बताए । सीता एयरको जहाज दिनभर नेपालगंज बिमानस्थलमा उडान भर्नका लागि तयारी अवस्थामा रहेको थियो । त्यसैगरि समिट एयरले पनि उडान भर्ने तालिका रहेको भएपनि खराव मौसम कै कारण कुनै पनि उडान नर्भ नसकेको हो । यसबाट नेपालगंजबाट कर्णालीका हिमाली जिल्लाहरुमा जाने यात्रुहरु र ती हिमाली जिल्लाबाट नेपालगंज झर्ने यात्रुहरु सवै मर्कामा परेका छन् ।























