
तस्बिर ः राजन रावत, हुम्ला
सि.टा समचारदाता
सिमकोट । नयाँ सरुवा भएर जिल्लामा आई पुगेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्ला सम्पदान गरिने कार्य समन्वय र सहकार्यमा गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । शुक्रवार जिल्लाको दलीय सम्यन्त्रका नेताहरुसंगको परिचयात्मक वैठकमा प्रजिअ पाण्डेले सो कुरा बतएका हुन ।
दलहरुसंगको परिचयात्क बैठकमा सकरात्मक र रचनात्मक सुझावहरु आएको प्रजिअ पाण्डेले बताए । उनले बैठकमा जिल्लामा शुसासान कार्यम गर्ने, पारदर्सीता कायम गर्ने, बिकास निर्माणका कार्यहरु छिटो, छरितो, गुणात्मक रुपमा गर्ने, हवाई यातायातलाई ब्यवस्थित गर्ने, सडक सञ्जाललाई ब्यवस्थित गर्ने जस्ता साझा सवालमा दल, नागरिक समाज र स्थानीय प्रशासन मिलेर अगाडी बढ्ने पक्षमा आफु रहेको बताए । दलका नेताहरुबाट पनि राम्रा कुराहरु आएको र ती कुरालाई सल्लाहाका रुपमा लिएर अगाडी बढ्ने उनले बताए । कार्यक्रममा काँग्रेस कावा सभापति कैलाश भण्डारी, उपसभापति वसन्त रोकाया, एमाले उपाध्यक्ष प्रकाश बहादुर शाही, सचिव तीर्थराज रोकाया, माओवादी सचिव धर्मराज बोहरा, राप्रपा अध्यक्ष बिकास महत, रास्वपाका प्रतिनिधि नाराय(ा फडेरा लगाएको उपस्थिती रहेको थियो । यसअघि नयाँ प्रजिअ पाण्डेलाई दलका नेताहरुले खादा लगाएर स्वागत गरेका थिए । प्रजिअ पाण्डे बिहीवार जिल्लामा आई पुगेका हुन । यसअघि उनले कार्यालय प्रमुखहरुसंग पनि बैठक राखेका थिए ।















