जिल्लाको बिकासका लागि सवै पक्षको सहयोग आवश्यक ः प्रजिअ पाण्डे

प्रजिअ पाण्डेसंगका भेटघाट कार्यक्रमा सहभागी सञ्चारकर्मीहरु ।
तस्बिर : राजन रावत, हुम्ला

सि.टा.समाचादाता
सिमकोट । जिल्लामा नयाँ सरुवा भएर आई पुगेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जिल्लाको विकासका लागि सवै पक्षको आवश्यक सहयोग रहने बनाएका छन् । शनिवार जिल्लामा काम गर्दै आएका सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रम प्रजिअ पाण्डेले सो कुरा बताएका हुन ।
जिल्ला र जिल्लावासीको बिकासका लागि सवै सहयोगी निकायहरुको सहयोग अति आवश्यक रहेको प्रजिअ पाण्डले बताए । उनले कतिपय कुरा सञ्चारकर्मीहरुबाट मात्र जानकारी पाउने भएको कारण त्यस्ता सुचनाहरु दिन जिल्लामा काम गर्ने सवै सञ्चारकर्मीहरुलाई आग्रह गरे । पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले दिएका सुझाव तथा प्रतिकृया बारे बोल्दै प्रजि पाण्डेले नियम र कानुनको परिधि भित्र मात्र रहेर काम गर्ने प्रतिबद्धता जनाए । पत्रकार भेटघाट कार्यक्रम परिवार सदस्यहरु वसेर कुराकानी गरि रहेको महशुस भएको बताउदै जिल्ला रचनात्मक र सकरात्मक परिवर्तनका लागि सहकार्य गरेर अगाडी बढ्न आफु तयार भएको र हुन सक्ने बिकृती र विसंगतिहरुको पर्दाफास गर्न पनि सञ्चारकर्मीलाई उनले आग्रह गरे । जिल्लामा शुसासान कार्यम गर्ने, पारदर्सीता कायम गर्न, बिकास निर्माणका कार्यहरु छिटो, छरितो, गुणात्मक रुपमा गराउन, हवाई यातायातलाई ब्यवस्थित गर्न, सडक सञ्जाललाई ब्यवस्थित गर्ने जस्ता साझा सवालमा सवै पक्षसंग  मिलेर अगाडी बढ्ने पक्षमा आफु रहेको बताए । उनले बिशेष गरि हवाई यातायात र पैदल यातायातलाई सहज बनाउनका लागि पहल गर्ने काम सुरु गरि सकेको र कर्मचारीहरुले सेवाग्राहीको काम सहज रुपमा प्रदान गर्नका लागि कार्यालय प्रमुखहरुले निर्देशन दिने कार्य भई सकेको बताए । कार्यक्रममा जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । यसअघि नयाँ प्रजिअ पाण्डेलाई दलका नेतासंग र कायाृलय प्रमुखहरुसंग परिचयात्म कार्यक्रम राखि सकेका छन् । । प्रजिअ पाण्डे गत बिहीवार जिल्लामा आई पुगेका हुन ।