सि.टा. समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिका– ५ को दोजाम कर्णाली नदी माथि निर्माणधिन पक्की पुल निर्माणका लागि चालु आर्थिक वर्ष ०८१।०८२ मा सडक बिभागले न्यून बजेट बिनीयोजित गरेको छ । राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोरको सडकमा पर्ने सो नदी माथि पक्की पुल निर्माण गर्न लागि न्यून बजेट बिनियोजित गरिएको हो ।
हाल निर्माण कार्य रोकिएको खार्पुको दोजाम कर्णाली नदी माथि तीन वर्षदेखि निर्माण कार्य सुस्त रुपमा भई रहेको पक्की पुलका लागि यस वर्ष जम्मा बीस लाख मात्र बजेट निवियोजित भएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए । यसै ढिलो गरि निर्माण कार्य भई रहेको सो पुल निर्माणका लागि यसवर्ष बजेट नै न्यून विनीयोजित भएपछि अझै काम ढिलो गर्नका लागि सहयोग हुनेछ ।
पुलका पुर्बतर्फको पिलर निर्माण गर्ने क्रममा पहिले तातो पानी निस्केर काममा बाधा पुगेको थियो भने पछि दोजाम कर्णालीको पानी नै पसेपछि काम रोकिएको थियो । त्यस यता भने काम नै सुरु हुन सकेको छैन । यसका लागि कार्यालय भिओ तयार पारेर विभागमा स्वीकृतका लागि पठाएको भएपनि सो पनि स्वीकृत भएर आउन सकेको छैन् । जुन कार्य नभएको कारण निर्माण कार्य पनि अगडाी बढ्न नसकेको हो ।
२०७८ साल असोज १४ गते स्वच्छन्द माउण्ट पुमोरी जेभीसंग २०८० साल फागुन ३० गते सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । उनले सो अवधिमा काम सम्पन्न नभएपछि २०८२ साउन महिनासम्म म्याद थफ गरिएको छ । कुल एघार करोड ८३ लाखमा निर्माण कम्पनीले पुल निर्माणको जिम्मा लिएपनि हालसम्म एक करोड रुपियाँ मोविलाईजेशन कष्ट मात्र लिएको छ । त्यसबाट पच्चीस प्रतिशत निर्माण कार्य भएको आयोजनाले जनाएको छ ।
























