नेपाल ट्रेड युनियन काँग्रेस हुम्लाद्धारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीहरु । तस्बिर : राजन रावत, हुम्ला

सिमकोट । नेपाल ट्रेड युनियन काँग्रेस हुम्ला शाखाले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको महान चाड दशै तिहारको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस हुम्लाका अध्यक्ष राजन रावतको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा काँग्रेस कावा सभापति कैलाश भण्डारीले दशै तिहार सवैका लागि सुख रहोस भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरुमा संगठन निर्माण गर्ने उमंग पलाउनु पर्ने उनले बताए । काँग्रेस उपसभापति बसन्त रोकायाले रहेक वर्ष दशैको अवसरमा ट्रेड युनियन काँग्रेसले यो कार्यक्रम आयोजना गर्ने गरेको बताउदै यसबाट पनि संगठन चलायमान बनाउन सहयोग मिलेको बताए । काँग्रेसका अन्य भातृ तथा शुभेक्छुक संस्थाहरुले पनि यस्ता कार्यक्रम संचालन गर्न आवश्यक रहेको उनले बताए ।

यस पटकको वडा दशैले पार्टी निर्माणमा सकृय रुपमा लाग्ने प्रेरणा दशै तिहारले कार्यकर्तामा मिलाओस भन्दै उनले यसका लागि पार्टी सहयोग गर्न तयार रहेको बताए । शुभकामना आदान प्रदान कार्यक्रममा पार्टी सचिव कृष्णबहादुर बोहरा, कोषाध्यक्ष बबिता शाही, महासमिति सदस्य एवं सिमकोट गापा उपाध्यक्ष श्री शुशिला भाम रोकाया, नेविसंघका केन्द्रीय सदस्य नरबहादुर भण्डारी, प्रदेश ख की कोषाध्यक्ष सरिता रावत, स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष मोहन बहादुर शाही, विपि चिन्तन प्रतिष्ठान सभापति मधु बस्नेत शाही, निजामति कर्मचारी युनियनका अध्यक्ष श्री बिशाल बोहरा, नेपाली काँग्रेसका जिल्ला कार्य समितिका सदस्य भिमराज शाही, सिमकोट गाउँपालिका, २ का अध्यक्ष देवजंग बोहरा ४ का अध्यक्ष प्रताप लामा, नेपाल रेडक्रम सोसाईटीका सभापति गणेश महत, प्रजातान्त्रि विचार समाजका अध्यक्ष राजबहादुर शाही , सिमकोट गापा वडा नम्बर ५ सभापति कुलबहादुर रावत लगाएतले शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमको उद्घाटन ब्यानर पढ्ने र धुप प्रज्वलन गरे कावा सभापति भण्डारीले गरेका थिए । प्रत्येक सहभागीबाट परिचय सहित दशै तिहारको शुभकाना ब्यक्त गर्ने कार्य पनि भएको थियो ।