सि.टा.समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघको केन्द्रीय सदस्यमा जिल्ला सिमकोट गाउपालिका– २ का रुपसिहं सुनार सहित चार जना मनोनित भएका छन् । नेपाली काँग्रेसले बिहीबार निकालेको बिज्ञप्तीमा उनी लगायत चार जना हुम्लाबाट दलीत संघको केन्द्रिय सदस्यमा मनोनित भएका हुन ।
नेपाली काँग्रेसले नेपाल दलीत संघको केन्द्रीय सदस्यमा मनोनित गरेको नाममा सुनारको नाम उल्लेख गरिएको छ ।उनी नेपाल दलीत संघ हुम्लाको जिल्ला कार्य समितिको सदस्य पदमा रहेका छन् ।

तत्कालीन गाउँ विकास समिति हुँदा सुनार दलीत संघको सचिवमा थिए । त्यसैगरि २०७४ सालको स्थानीय तहको निर्वाचनपछि सुनारलाई नेपाली काँग्रेसले सिमकोट गाउँपालिकाको कार्य पालिकाको सदस्य पठाएको थियो । केन्द्रीय सदस्यमा मनोनित भएपछि सुनारले दलीत संघ र नेपाली काँग्रेस पार्टीलाई धन्यवाद दिदै अव पार्टीलाई बलियो बनाउने कार्यमा लाग्ने बताए । त्यसैगरि अन्य केन्द्रीय सदस्यमा मनोनित हुनेमा बर्तमान दलित संघ हुम्लाको सचिव मेघ परियार, रतन सुनार र जगत परियार रहेका छन् । हुम्लाबाट दलीत संघको केन्द्रीय सदस्य हुनेमा चारै जना पहिलो ब्यक्ति हुन ।
















