शनिबार दिउँसो साढे तीन बजे ताँजकोट गाउँपालिका–४ को पैमा खोला नजिक रहेको तीर्थसैना बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्युभएको छ । लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्युभएको हो । भने पाँच जना बाच्न सफल भएका छन् ।
हुम्लाबाट नेपालगञ्जबाट जादैँ गरेको जीप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर २० घरभएकी ४९ वर्षिय बिष्नु परियार र नाम नखुलेका अन्दाजी पाँच, छ वर्षका बालककको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । गियरबस बिग्रीएर जीप रोकि राखेको अवस्थामा ब्याक भइ तीन सय मिटर तल खसेको बताइएको छ ।
मैला कवाडी प्रहरी चौकीका असइ गोपाल वलीको नेतृत्वमा ६ जना प्रहरी घट्नास्थलमा पुगेको बताइएको छ । मृतक परियार दशैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको बताइएको छ । जहाजको टिकट नपाउँदा अधिकांस सरदमुकाममा विभिन्न व्यवसाय गर्दै आएका जिल्ला बाहिरका नागरीक पैदल भएर गाडी मार्फत दशैँ मनाउन आफ्नो घर तर्फ लागेका छन् ।






















