सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू–भाग हुँदै मनसुन बाहिरिएको छ। महाशाखाले आइतबार अपरान्ह एक सूचना प्रकाशन गरेर लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको जानकारी गराएको छ। मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिएको छ। महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताएको छ ।
समाचार प्रमुख समाचार









