सुरक्षाकर्मीद्धारा विपद प्रतिकार्य कृत्रिम अभ्यास प्रर्दशन

लोग भण्डारी
सिमकोट । सोमबार जिल्लाको मनसुन तथा अन्य विपदलाई मध्यनजर गरी विपद प्रतिकार्य कृत्रिम अभ्यास गरिएको छ । तीनवटै सुरक्षा निकाय नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसको संयुक्त रुपमा सहभागीतामा प्रदर्शन गरेका थिए ।
अभ्यासमा सिमकोट तल्लो बजारको खेल मैदानमा अस्थायी रुपमा बनाईएका घरमा आगलागी भएको सूचना जिल्ला प्रशासनमा गरिन्छ । प्रशासनले विपद व्यवस्थापन टोलीलाई तत्कालै खबर गरी उक्त टोली घट्नास्थलमा पुगेर आगो नियन्त्रण कार्यमा खटिन्छ । कृत्रिम भएपनि घटनालाई वास्तविक जस्तै बनाइएको थियो । आगलागीमा घर जलेका, महिला आफ्नो घरको आगो नियन्त्रणमा सरिक हुँदा घाइते भएको र विपद व्यवस्थापन टोलीले तत्काल प्राथामिक उपचार समेत गरेको थियो । थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको थियो । आगलागीको कृत्रिम घटना गराई नियन्त्रणका लागि पूर्वअभ्यास गरिएको हो । जिल्लामा सवै भन्दा विपदका घट्ना मध्य आगलागीका घटना बढी भइरहने हुँदा यसबाट बच्ने उपायसहित पूर्व अभ्यास गरिएको होे । घटनामा तीनवटै सुरक्षा निकायको विपद व्यवस्थापन टोलीको सहयोगमा आगलागी नियन्त्रण, उद्धार तथा घाइतेको उपचारको व्यवस्था गरिएको थियो ।

आगलागीका घट्ना नहुन यदी भइहालेमा घटनालाई कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्नका लागि सुरक्षाकर्मीले विपदको समय आपदविपद, अप्ठेरो, सारोगारो नभनी आवश्यक सरसमान परिचालन सहित परिचालित भएको र अपुग तथा नपुगेका सरसमानको व्यवस्थापन गर्ने पूर्वतयारीका लागि जिल्लाका सुरक्षा निकायले पूर्वअभ्यास कार्यक्रम गरिएको हो । कृत्रिम अभ्यासमा आगलागीको घट्ना भएको छ, त्यसको उद्धारका लागि आवश्यक पोशाक सहित तयारीमा खटाईएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, बराह दल गुल्मका गुल्मपति हरिहरसिंह राठोर, प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, सशस्त्र प्रहरी नायव उपरिक्षक देवराज राई लगाएको उपस्थिती रहेको थियो ।