सहकारी रकम अपचलन सम्वन्धमा सवैले अनुसन्धानलाई सहयोग गर्नुपर्छ : एमाले नेता ज्ञवाली

आफ्नो मन्तव्य दिदै एमाले उपमहासचिव ज्ञवाली ।

सि.टा  समाचारदाता
सिमकोट । एमाले केन्द्रीय उप महासचिव एवं स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले सहकारी रकम अपचलन भएको प्रतिबेदन सार्वजनिक भएपछि हाल प्रहरीले गरि रहेको अनुसन्धानमा सबैले सहयोग गर्न आवश्यक रहेको बताएका छन् । संसदीय छानविन समितिको प्रतिबेदनका आधार रास्वपा पार्टीका अध्यक्ष रवि लामिछानेको गिरफ्तारी पछि आन्दोलन गर्नेहरु प्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन ।


देश र जनताको लागि काम गर्न जन्मिएको उर्दि दिने तर संसदीय समितिले तयार पारेको प्रतिबेदनका आधारमा रास्वपा अध्यक्ष रवि लामिछानेलाई प्रहरीले पक्राउपछि गरि रहेको अनुसन्धानलाई सहयोग गर्नको सट्टा आन्दोलन गर्नु मुर्खता भएको नेता ज्ञवालीले बताए । सहकारी रकम सम्वन्धमा लामिछानेले गल्ती गरेको कुरा उन कै पार्टीको सदस्य सम्मीलित संसदीय छानविन समितिको प्रतिबेदनका आधार उनलाई पक्राउ गरिएको भएपनि अहिले पोखरा लगाएत देशका बिभिन्न स्थानमा आन्दोलन गर्नु कानुुनलाई हातमा लिनु खोज्ने प्रयत्न गर्न लागिएको पुर्वमन्त्री समेत रहेका ज्ञवालीले बताए ।

उनले त्यसैले यो देशमा कानून भन्दा कोही पनि माथि नरहेको बताउदै अदालतबाट रविले सफाई पाए आफुले केही नबोल्ने बताए । काँग्रेस नेता बालकृष्ण खाड र एमाले नेता टोपबहादुर रायमाझीलाई आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिदा काँग्रेस र एमालेले एक शब्द पनि नबोलेको बताउदै समितिले दोषी ठहर गरेका लामिछानेलाई प्रहरीले अनुसन्धान गर्न हिरासतमा लिदा आन्दोलन गर्न खोज्न कानूनी राज्यको उपहास गर्न खोजे पनि त्यो संभव नभएको उनले बताए । पुरानाले केही गर्न सकेनन र देश र जनताको लागि जन्मिएको भनेर भन्ने नयाँ दलहरुले अनुसन्धान गर्ने कार्य मै अवरोध गर्न खोज्नु गलत भएको उनले बताए । अहिले सहकारी ठगीलाई कारवाहीमा ल्याउने प्रकृया अगाडी बढेकोले पिडितले न्याय पाउनु पर्ने उनले बताए ।

एक अर्को प्रसंगमा उनले नयाँ सरकार गठनपछि देशमा अर्थतन्त्र चलायमान हुन थालेको, बिकासका कामहरु अगाडी बढी रहेको, जनतामा अब केही हुन्छ भन्ने बिस्वास पलाएको उनले बताए । अहिले देशमा अस्थिरता चाहने केही मान्छेलाई छटपटी भई रहेको बताउदै उनले त्यस्ता मान्छेलाई वर्तमान सरकार मन नपरेको बताए । यो सरकार गिराउने य.सडयन्त्र भई रहेको भएपनि त्यो सफल हुन नसक्ने उनको दावी रहेको छ । अर्को कुरा देशमा राजा फर्काउने सपना देख्नेहरु पनि चलमलाएको बताउदै त्यो सपना पनि पुरा नहुँने उनले बताए । यो सरकार २०८४ को निर्वाचनसम्मै जाने बताउदै त्यसपछि निर्वाचनमा जाने र जसको वहुमत आउछ , सोही पार्टीले सरकार सञ्चालन गर्ने उनको भनाई रहेको छ ।