सि.टा. समाचारदाता
सिमकोट । विद्यालयको छात्रावास पहिरोबाट उच्च जोखिममा रहेको छ । ताँजाकोट गाउँपालिका– ५ को मदानादेव माविको छात्रावासको जग नजिकै पहिरो गएपछि जोखिम बढेको हो ।
गत बुधबार गएको पहिरोले केही भाग बगाएको भएपनि शनिबार बिहान गएको पहिरोले छात्रावास भवनको जग नजिकै समेत पहिरोले बगाएर जोखिम बढेको छात्रावास वार्डेन जीवन ढकालले बताएका छन ।
बिहान भवनको जग नजिकैसम्म पहिरो गएपछि बिधार्थीहरुले छात्रावास नछोडे पनि कोठामा बस्न सकी नरहेको बताउदै पानी पर्न सुरु भएपछि कतिबेला के हुन्छ भन्न नसकिने उनले बताए । पहिरोले सो भवनको सुरक्षाका लागि लगाएको ग्याविन र घेरबार समेत लगेको छ ।
एक वर्ष अगाडी निर्माण कार्य सम्पन्न भएर बिधार्थी, वार्डेन र भान्से सो छात्रावासमा वस्दै आएका छन् । छात्रावासमा बिधार्थी लगाएत ४६ जना बस्दै आउनु भएको छ ।
छात्रावासमा कक्षा छदेखि दशसम्मका बिधाथीृहरु बस्दै आएका छन । छात्रावास जोखिममा रहेको जानकारी वडा अध्यक्ष, प्रहरी, अभिभावक, विद्यालय ब्यवस्थापन समिति सवैलाई जानकारी गरि सकेको र केही समयका लागि बिधार्थीहरुलाई अन्यत्र बासको ब्यवस्थाको लागि आग्रह समेत गरिएको छ ।
मनमा डर र त्रास लिएर छात्रावास जीवन बिताउनु पर्ने दिन आई परेको छ । बर्खा बाँकी रहेकोले बिकल्प नभए विद्यालयले मानवीय क्षेती भोग्नु पर्ने अवस्था रहेको छात्रावासमा वस्दै आएको बिधार्थीहरुको भनाई छ । दुई तले बीस कोठे छात्रावास भवन जोखिममा रहेको हो ।









