सि.टा. समाचारदाता
सिमकोट । यसवर्षको बालमन्दिर माध्यामिक विद्यालयको आईडलमा अरुणिमा पुनमगर प्रथम भएकी छन् । अन्तिम चरणको छनौट प्रतियोगितामा पुनमगरले आफ्ना चार जना प्रतियोगीलाई पछाडी पार्दै पुनमगर बालमन्दिर आईडलमा प्रथम भएकी हुन ।
वर्षेनी रुपमा विद्यालयले आयोजना गर्ने मालमन्दिर आईडलमा यस पटक पुनमगर प्रथम भएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।
त्यसैगरि सो प्रतियोगितामा लोकजन सुनार द्धितीया, अनिसा सुनरा तृतीया र अमिसा हमाल सान्त्वना भएकी थिईन। विद्यालयले आयोजना गरेको यो आठौं संस्करण हो । प्रतियोगिता सात चरणमा आयोजना गरिएको थियो । यसमा पहिलो चरणमा नव्वे जना बिधार्थीहरुले सहभागिता जनाउनु भएको थियो ।
बिधार्थीहरुमा भएका गला र कलालाई प्रफुष्टन गर्नका लागि यो प्रतियोगिता आयोजना गरिएको हो । बालमन्दिर आईडल विजेतालाई ट्रफी तथा पुरुस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहरा र विद्यालयका प्रधानाध्यापक रोकाया लगाएतको उपस्थिती रहेको थियो ।











