रसुवा बाढीबाट सम्पर्क बिहीन ऐडीको शब भेटियो

सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीपहिरोमा सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचाका मानसिंह ऐडीको शब भेटिएको छ । रसुवाको टिमुरेको केही तल बाढीपहिरोमा माटोमा हिलाम्मे भएको अबस्थामा शव भेटिएको हो ।
बाढीमा पुरिएर हिलाम्मे भएको अवस्थामा शव भेटिएको र ऐडीका आफ्न्तले शब पहिचान गरेपछि सम्पर्क बिहीन भएको २२ दिन पछि शव पत्ता लागेको हो । ऐडीको शव बुझेर आफन्तले अन्तिम संस्कार समेत गरि सकेका छन् । ऐडी सहित अव हुम्ला जिल्लाका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि ताँजाकोट गाउँपालिका– २ का स्थायी बासिन्दा रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका रुपमा कार्यरत नकुल शर्माको शव भने भेटिएको थियो । अझै हुम्ला जिल्लाका छ जना सम्पर्क बिहीन कै अवस्था छ । हालसम्म बाढीको कारण सम्पर्क आउन नसक्नु भएका हुम्लाका स्थानीयमा खार्पुनाथ गाउँपालिका– १ को गोक्पा गाउँका जनक बुढा र श्रीमति अनिता रावत रहेकी छन् । त्यसैगरि सर्केगार्ड गाउँपालिका– ८ को कबिता बुढा र उहाँकी छोरी रियासा बुढा पनि हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । त्यसैगरि ताँजाकोट गाउँपालिका– ३ का धनराज जैसी, सोही गाउँपालिका– २ की सरिता जैसी पनि हालसम्म सम्पर्क आएका छैनन् ।